मकाउमा रहेका राईद्वारा कोरोनामा समस्यामा परेका अति बिपन्न परिवारलाई खाध्यान सहयोग
बोलन्या थली |
२८ आश्विन २०७७, बुधबार
मोरङ : कोभिड-१९ ले समस्यामा परेका परिवारलाई खाध्यान सहयोग गरेको छ । काठमाडौ घर भई हाल मकाउमा रहेका प्रेम राईको सहयोगमा केराबारी ७ का अति विपन्न ९ घर परिवार खाध्यान्न सहयोग गरेका हुन । उनि फेवा बोर्डिङ स्कुल केराबारीका पुर्व शिक्षक र केराबारी करातेका पुर्व प्रशिक्षक हुन।
कोरोनाका कारणले समस्यामा परेका अति बिपन्न ९ परिवारलाई एक-एक बोराका दरले चामल र आवस्यक सामाग्री वितरण गरिएको पप्पु साहले जानकारी दिए । दशैको शुभकामना सहित खाद्यान्न बितरण र अभियानलाई निरन्तरता दिन हाम्रो प्रयास रहेको बताए ।