धनगढीका पत्रकार ओझालाई कोरोना संक्रमण


धनगढी । धनगढीका पत्रकार सीताराम ओझालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा आज गरिएको परीक्षणमा आफूलाई संक्रमण पुष्टि भएको ओझाले बताए। तर ओझालाई कोरोनाका लक्षण भने देखिएका छैनन्।
कोरोना पुष्टि भएपछि सेल्फ आइसोलेसनमा बसेको बताउँदै ओझाले पछिल्लो १० दिनमा सम्पर्कमा आएका सबैलाई सुरक्षित बसेर परीक्षण गराउन आग्रह गरेका छन्। उनि अभी मिडिया इभेन्ट्स एण्ड स्पोर्टस प्रा.लि.द्धारा सञ्चालित खबरकुञ्ज डटकमका अध्यक्ष हुन्।