बाल संगठन डोटी शाखाको अध्यक्षमा शाही चयन
बोलन्या थली |
२८ आश्विन २०७७, बुधबार
धनगढी: नेपाल बाल संगठन डोटी शाखाको अध्यक्षमा बिमल शाही चयन भएका छन्। बाल संगठनको केन्द्रिय कार्य समितिले डोटी जिल्लाको अध्यक्षमा शाहीलाई नियुक्त गरेको हो ।
नेपाल महिला,बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तर्गत रहेको नेपाल बाल संगठनको देशभरीकै समितिहरु भङ्ग गरी अध्यक्षहरु नियुक्त गर्ने क्रममा डोटीमा शाहीलाई जिम्मेवारी दिईएको हो । केहिदिनमा जिल्ला कार्य समितिलाई पुर्णता दिईनेछ । उनी अनेरास्ववियुका नेता रहेका छन्


