नयाँ युवा नयाँ सोच, नेपालको काभ्रेपलाञ्चोक जिल्ला इकाइ गठन

बोलन्या थली | २७ आश्विन २०७७, मंगलवार
नयाँ युवा नयाँ सोच, नेपालको काभ्रेपलाञ्चोक जिल्ला इकाइ गठन

नयाँ युवा नयाँ सोच, नेपालको बागमति प्रदेश काभ्रेपलाञ्चोक जिल्ला इकाइ गठन भएको छ। इकाइ गठनको लागि अनुमति दिन थालेको करिब ८ महिना नपुग्दै हालसम्म देशका ६ वटा प्रदेशहरुका विभिन्न जिल्ला इकाइहरु गठन भइसकेको संस्थाका अध्यक्ष मुकुन्द दिप मडैले बताउनुभएको छ। यस संस्थाले स्थापना काल देखि नै युवा, महिला तथा बालबालिका लाइ लक्षित वर्ग बनाइ शैक्षिक-बौद्दिक, खेलकुद-मनोरञ्जन , वातावरण-सरसफाइ तथा सामाजिक-न्यायीक गरि ४ क्षेत्रहरुमा कार्यक्रम हरु गर्दै आइरहेको छ। सुजन के सी को अध्यक्षतामा गठन भएको यस काभ्रे जिल्ला इकाइमा हाल भुपेश कृष्ण घिमिरे सल्लाहकार तथा ११ जना को कार्यसमिति र ७ जना साधारण सदस्य सहित १९ सदस्यहरु रहेका र आउने दिनहरुमा कार्यक्रम हरु गर्दै जाँदा इच्छुक नयाँ सदस्यहरु थपिँदै लाने जानकारि समेत इकाइ अध्यक्ष के सि ले बताएका छन्। कोरोना माहाव्याधीले आफ्ना पुर्वनिर्धारित नियमित कार्यक्रम हरु पछाडि धकेलिए पनि संस्थाले आफ्नो सकृयता नियमित राख्दै अहिले पनि निरन्तर रुपमा भर्चुअल माध्यम बाट विभिन्न जनप्रतिनिधि , समाजसेवी , व्यवसायी, स्वास्थ्यकर्मी लगायत सँग प्रत्यक्ष अन्तर्वार्ता कार्यक्रमहरु प्रशारण गरिरहेको छ भने मनोरञ्जनका निम्ति हाजिरिजवाफ, साहित्यिक कार्यक्रम ,संगितिक बसाई ,साथै कानुनी साक्षरताको कार्यक्रम समेत चलाउँदै आइरहेको छ साथै विभिन्न अवसरहरु पारेर भर्चुअल माध्यम बाट राष्ट्रव्यापी रुपमा वक्तृत्वकला, साहित्यकला, चित्रकला लगायतका प्रतियोगिताहरु पनि गर्दै आइरहेको छ।

परिवर्तित युवा परिवर्तित सोच परिवर्तित राष्ट्र भन्ने मुल नाराको साथ काम गरिरहेको यस संस्थाले ‘अरुले के गरे वा गरेनन् भन्नु भन्दा पनि आँफुले चाहिँ समाजको लागि एक जिम्मेवार नागरिकको हिसाबले के गरेँ त भनेर आँफैमाथि प्रतिप्रश्न गर्दै आफ्नो तर्फबाट समाज रुपान्तरणको लागि आफ्नो बल, बुद्दि र विवेकले भ्याएसम्मको कामहरु गर्दै आइरहेको र निरन्तर गरिरहने’ संस्थाका केन्द्रिय कार्यक्रम संयोजक विनोद खत्री बताउँछन् । नव गठित इकाइलाइ वधाइ तथा शुभकामना ज्ञापन गर्दै संस्थाले “काभ्रेको नयाँ इकाइ गठन सँगै नयाँ जिल्ला इकाइ तथा पदाधिकारिहरुको आगमनले संस्थाको सकृयता अझै बढ्ने र समाजको निम्ति युवाहरुले सक्ने विभिन्न क्षेत्रमा टेवा पुर्याउँदै यो जटिल समयमा अझै युवाहरुको सकृयता को आवश्यकता भएकाले सोहि अनुरुप पुराना कार्यक्रमहरुलाइ निरन्तरता दिँदै नयाँ कार्यक्रम हरु पनि थप्दै अघि बढ्ने बताएको छ ।

जनाअवजको टिप्पणीहरू