वडा वडामा पुगेर नेविसंघ बिपन्न परिवारका छोराछोरीलाई शैक्षिक सामाग्री सहयोग गर्दै


धनगढी : नेपाली कांग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघ क्षेत्र नम्बर ४ कैलालीले वडा वडामा पुगेर विपन्न परिवारका छोराछोरीलाई शैक्षिक सामाग्री सहयोग बितरण गर्दै आएको छ । ‘म बन्छु जिम्मेवार, कर्तव्य संगै अधिकार’ अभियान जारी राख्दै मंगलबार कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ३ मा ४० जना र ६ मा २२ जना बिपन्न परिवारका छोराछोरीलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।
नेबि संघले गोदावरी नगरपालिका हरेक वडामा पुगेर बिपन्न परिवारका छोराछोरीलाई शैक्षिक सामाग्री सहयोग अभियान जारी रहेको अभियानका संयोजक पदम ओझाले जानकारी दिए ।
यस्तै नेवि संघले वडाहरुमा वडा स्तरिय युवा वहस, भष्टाचार विरुद्ध सुचनाको हक कार्यक्रम, भर्चुअल बिधि मार्फत शारिरीक, मानसिक र स्वास्थ्य सम्बन्धि उत्पे्ररणात्मक कार्यक्रम पनि गरिने संयोजक ओझाले बताए ।
कार्यक्रमको सभापति नेपाल विद्यार्थी संघ क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति गणेश शाह थिए भने वडा नम्बर ३ प्रमुख अतिथि नेपाली काङ्ग्रेसका गोदावरी नगरपालिकाका १ का वडा सभापति नरेन्द्र भट्टराई र वडा नम्बर ६ मा प्रमुख अतिथी नेपाली काङ्ग्रेसका वडा सभापति मान बहादुर बिष्ट रहेका थिए । यस्तै पार्टी नेताको सहभागीसङ्गै नेवि संघका नेता पनि सहभागी रहेका थिए
बुधबार नेपाली कांग्रेस जिल्ला पार्टी सभापति नरनारायण शाह(मनु) ले सुभारम्भ गरेको कार्यक्रम शुक्रवार गोदावरी नगरपालिका वडा नम्बर १,२,४ मा बिपन्न परिवारका छोराछोरीलाई शैक्षिक सामाग्री बितरण गरिसकेको छ ।