धनगढीमा १९ गते राती घरको ताल्चा तोडेर ३० तोला सुन र नगद चोरी

बोलन्या थली | २७ आश्विन २०७७, मंगलवार
धनगढीमा १९ गते राती घरको ताल्चा तोडेर ३० तोला सुन र नगद चोरी

धनगढी–धनगढीमा घरमा कोही नभएको मौका छोपी घरको ताल्चा तोडेर ३० तोला सुन र करिब २ लाख जति नगद चोरी  भएको छ । धनगढी उप–महानगरपालिका–३ का चेतराज जोशीको घरको ताल्चा फुटाएर गत असोज १९ गते राती करिब दुई लाख नगद र  ३० तोला सुन चोरी भएको  जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले जानकारी दिए । जोशी स–परिवार असोज १८ गते काठमाडौँ गएका थिए । १९ गते राती चोरी भएको थियो ।

कुकुरलाइ खाना खुवाउन जाने छिमेकीले २० गते मात्रै ताल्चा तोडेको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । तर अहिले सम्म पनि प्रहरीले चोर समात्न सकेको छैन । घटनामा संल्गनको खोजि कार्यका लागी टोली परिचालन गरीएको प्रहरीले जनाएको छ । 

जनाअवजको टिप्पणीहरू