कुर्था–जनकपुर–जयनगर रेल सेवा सञ्चालनका लागि अर्थ मन्त्रालयबाट २० करोड ऋण
बोलन्या थली |
२७ आश्विन २०७७, मंगलवार
काठमाडौँ, असोज २७ गते । कुर्था–जनकपुर–जयनगर रेल सेवा सञ्चालनका लागि एकैपटक स्थायी कर्मचारी भर्ना गर्ने प्रक्रिया सुरु भएको छ । यसअघि करार कर्मचारीबाट नै तत्काल रेल सेवा सञ्चालन गर्न कर्मचारी भर्नाका लागि सूचना गरिएको थियो ।
रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले रेल सेवालाई स्थायी रूपमा सञ्चालन गर्न अन्ततः स्थायी कर्मचारी नै चाहिने भएकाले एकैपटक स्थायी कर्मचारी भर्ना प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो ।
कुर्था–जनकपुर–जयनगर रेल सेवा सञ्चालनका लागि नेपाल रेल्वे कम्पनीले अर्थ मन्त्रालयबाट बीस करोड रुपियाँ ऋण लिएको महाप्रबन्धक भट्टराईले जानकारी दिनुभयो । पाँच प्रतिशत ब्याजदरमा दस वर्षभित्र चुक्ता गर्ने गरी सो ऋण लिइएको उहाँले बताउनुभयो । सोही रकमबाट नै कर्मचारीको तलब सुविधा लगायतको खर्च गरिनेछ । गोरखापत्रबाट