नेवि संघद्वारा विपन्न परिवारका छोराछोरीलाई शैक्षिक सामाग्री सहयोग गर्ने अभियान जारी


धनगढी : नेपाली कांग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघ क्षेत्र नम्बर ४ कैलालीको विपन्न परिवारका छोराछोरीलाई शैक्षिक सामाग्री सहयोग बितरण कार्यक्रम जारी रहेको छ । ‘म बन्छु जिम्मेवार, कर्तव्य संगै अधिकार’ अभियान सोमबार कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ मा ३० बिपन्न परिवारका छोराछोरीलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।
नेबि संघले नगरपालिकाको वडामा रहेका बिपन्न परिवारका छोराछोरीलाई शैक्षिक सामाग्री सहयोग अभियान जारी रहेको अभियानका संयोजक पदम ओझाले जानकारी दिए । वडाहरुमा वडा स्तरिय युवा वहस, भष्टाचार विरुद्ध सुचनाको हक कार्यक्रम, भर्चुअल बिधि मार्फत शारिरीक, मानसिक र स्वास्थ्य सम्बन्धि उत्पे्रणात्मक कार्यक्रम पनि गरिने संयोजक ओझाले बताए ।
कार्यक्रमको सभापति नेपाल विद्यार्थी संघ क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति गणेश शाह थिए भने प्रमुख अतिथि नेपाली काङ्ग्रेसका गोदावरी नगरपालिकाका १ का वडा सभापति भिम बहादुर चन्द रहेका थिए । यस्तै पार्टी नेताको सहभागीसङ्गै नेवि संघका नेता पनि सहभागी रहेका थिए
बुधबार नेपाली कांग्रेस जिल्ला पार्टी सभापति नरनारायण शाह(मनु) ले सुभारम्भ गरेको कार्यक्रम शुक्रवार गोदावरी नगरपालिका वडा नम्बर २ र वडा नम्बर ४ का बिपन्न परिवारका छोराछोरीलाई शैक्षिक सामाग्री बितरण गरिसकेको छ ।