चर्चित गायक चक्र बम र गायिका एलिना चौहानको नयाँ गित ‘नौगेडी’ सार्वजनिक (भिडियोसहित)


धनगढी – चर्चित गायक तथा मोडेल चक्र बमको नयाँ गित नौगेडी सार्वजनिक भएको छ । गीतमा चक्र बम र चर्चित गायिका एलिना चौहानको स्वर रहेको छ । सोमबार गितको म्युजिक भिडियो गायक चक्र बमको आफ्नै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन ।
म्युजिक भिडियोमा चक्र बमकै सङ्गीत रहेको छ भने शब्द चक्र बम र टुरिस्ट जङ्ग विकको रहेको छ। एरेन्ज कमल बिक,मिक्सिङ श्यामस्वत रसाइलीले गरेका छन् । म्युजिकको निर्देशन र सम्पादक टेकेन्द्र शाहले गरेका छन् । गीतको म्युजिक भिडियोमा बम र नग्मा श्रेष्ठले अभिनय गरेका छन् ।
यसअघि गायक बमले बजारमा ल्याएको काजल गित दर्शकले अत्यधिक मन पराएका थिए । सो गित एक करोड ४२ लाखले हेरिसकेका छन् ।