युवा सजगता अभियानको प्रदेश कार्य समिति गठन
बोलन्या थली |
२६ आश्विन २०७७, सोमबार
युवा (जागरण) सजगता अभियानले प्रदेश कार्य समिति गठन गरेको छ । जसमा सचिब अछामका धर्मेन्द्र छेत्री,सह सचिबमा बाजुराबाट अर्जुन पाण्डे, सदस्यमा कैलालीका गणेश भण्डारी,कञ्चनपुरका लोचन कार्की चयन भएका छन । यस्तै सदस्यमै डडेल्धुराबाट आशा जोशी,अछामबाट महेश जैशी र बैतडीबाट भागीरथि भट्ट चयन भएका हुन ।