नेपालमा थप ४ हजार ४७ जनामा कोरोना पुष्टि

बोलन्या थली | २६ आश्विन २०७७, सोमबार
नेपालमा थप ४ हजार ४७ जनामा कोरोना पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

मन्त्रालयका अनुसार नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या ३३ हजार ८८० रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १४७३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७७ हजार २२७ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

जनाअवजको टिप्पणीहरू