विपन्न २० परिवारका छोराछोरीलाई नेवि संघद्वारा शैक्षिक सामाग्री सहयोग

बोलन्या थली | २५ आश्विन २०७७, आईतवार
विपन्न २० परिवारका छोराछोरीलाई नेवि संघद्वारा शैक्षिक सामाग्री सहयोग

धनगढी : नेपाली कांग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघ क्षेत्र नम्बर ४ कैलालीले विपन्न परिवारका छोराछोरीलाई शैक्षिक सामाग्री सहयोग गरेको छ । ‘म बन्छु जिम्मेवार, कर्तव्य संगै अधिकार’ अभियान अन्तर्गत कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ मा २० बिपन्न परिवारका छोराछोरीलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।

जारी अभियान अन्तर्गत आईतवार गोदावरी नगरपालिकाका वडा नम्बर ४ मा २० बिपन्न परिवारका छोराछोरीलाई पाठ्यसामग्री बितरण गरिएको संयोजक पदम ओझाले बताए । उनले नेबि संघले नगरपालिकाको वडामा बिपन्न परिवारका छोराछोरीलाई शैक्षिक सामाग्री सहयोग अभियान जारीसङ्गै गोदावरी नगरपालिकाका वडाहरुमा वडा स्तरिय युवा वहस, भष्टाचार विरुद्ध सुचनाको हक कार्यक्रम, भर्चुअल बिधि मार्फत शारिरीक, मानसिक र स्वास्थ्य सम्बन्धि उत्पे्ररणात्मक कार्यक्रम रहेको संयोजक ओझाले बताए ।

कार्यक्रमको सभापति नेपाल विद्यार्थी संघ क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति गणेश शाह थिए भने प्रमुख अतिथि नेपाली काङ्ग्रेसका गोदावरी नगरपालिकाका ४ का वडा सभापति प्रेम कडायत रहेका थिए । यस्तै पार्टी नेता सुरत कार्की,टीका दत्त जोशी, फणीन्द्र भन्डारी, हेम प्रकाश मल्ल,गोरख खडका, पदम बलायर, कुन्ती जोशी,नेवि संघका नेत्ता दिपक ओझा,बिस्नु बडैला, जगत महरा, देब राज ओझा सहभागी रहेका थिए । कार्यक्रम सन्चालन डन्डी जोशीले गरेका थिए ।
बुधबार नेपाली कांग्रेस जिल्ला पार्टी सभापति नरनारायण शाह(मनु) ले सुभारम्भ गरेको कार्यक्रम शुक्रवार गोदावरी नगरपालिका वडा नम्बर २ बिपन्न २० परिवारका छोराछोरीलाई शैक्षिक सामाग्री बितरण गरेका थिए ।

जनाअवजको टिप्पणीहरू