कञ्चनपुरमा छुट्टाछुट्टै स्थानमा दुई जना मृत फेला

बोलन्या थली | २५ आश्विन २०७७, आईतवार
कञ्चनपुरमा छुट्टाछुट्टै स्थानमा दुई जना मृत फेला

कञ्चनपुर । कञ्चनपुरमा २ जना मृत फेला परेका छन् । छुट्टाछुट्टै स्थानमा दुई जना मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

कृष्णपुर नगरपालिका वडा नम्बर ७ का ३५ वर्षीय रमेश राना र महाकाली नगरपालिका वडा नम्बर १ को पशुपति टोलकी ३५ बर्सिया तुलसीदेवी सुनार मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर थापाले  बताए।

प्रवक्ता थापाका अनुसार सुनारको शव परीक्षणपछि आफन्तले बुझेका छन् भने रानाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएको छ । घटनाबारे थप  अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जनाअवजको टिप्पणीहरू