सरकार र डाक्टर केसीबीच ८ बुँदे सहमति

बोलन्या थली | २५ आश्विन २०७७, आईतवार
सरकार र डाक्टर केसीबीच ८ बुँदे सहमति

काठमाडौँ ।  सरकारले अनशनरत डाक्टर गोविन्द केसीसँग ८ बुँदे सहमति गरेको छ ।चिकित्सा शिक्षा सुधारलगायत ६ बुँदे माग राखेर भदौ २९ गतेदेखि अनशन बस्नुभएका डाक्टर केसीसँग गएराति सहमति भएको हो ।

सहमति भएसँगै डाक्टर केसीले आज बिहान साढे ९ बजे अनशन तोड्ने तयारी छ ।बुधबार सरकार र डाक्टर केसी पक्षले वार्ता टोली गठन गरे लगत्तै बिहीबार र शुक्रबार भएको वार्ता असफल भएपछि सरकारी वार्ता टोलीले शनिबार प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा मन्त्री गिरिराजमणि पोखरेलसँग छलफल गरेपछि सहमति जुटेको हो ।

जनाअवजको टिप्पणीहरू