कविता : गोविन्द हुन् सकलका उपकारकारी
धनगढी : चिकित्सा शिक्षा सुधारको सहित विभिन्न ६ बुँदे माग राख्दै २६ दिनदेखि अनसनमा बसेका डा. गोविन्द केसीको समर्थनमा कविता बाचन कार्यक्रम भएको छ । शनिबार बोलन्या थलीको आयोजनामा “डा. केसिका लागी कविताहरु” भन्ने दबाबमूलक कार्यक्रम बोलन्या थलीको सेटमा कवि मनिराम जोशीको रचना सिद्धराज पनेरुले बाचन गरेको कविता “गोविन्द हुन् सकलका उपकारकारी”
गोविन्द हुन् सकलका उपकारकारी ।
गोविन्द हुन् असुर नास विनासकारी ।
गोविन्द रातदिनमा जनचाहनामा ।
हुन्छन् समर्पण सधैं जनभावनामा ।।१।।
छैनन् कुनै धन(कलत्र र पुत्र(पौत्र ।
छैनन् उपार्जन धनार्जन चाह भित्र ।
सेवा गरेर जनजीवनका निमित्त ।
आजन्म अर्पण गरे भई दत्तचित्त ।।२।।
दुःखी र रुग्ण धनहीन अनाथ नाथ ।
सेवा गरेर भर जीवन पूर्ण भाछ ।
जे जे छ जो छ धन(यौवनको लगानी ।
सारा समर्पण गरे अति हर्ष मानी ।।३।
रोगी भए बहुत निर्धन स्वास्थ्यसेवा ।
पाएन औषधि बिते दुःख रोगले वा ।
छोडेर भोजन समेत गरेर माग ।
प्राणै समर्पण गरे अनि सर्बत्याग ।।४
त्यागेर लोभ मद भैकन निर्बिकार ।
यो धर्तिको सपुत गर्छ परोपकार ।
गर्छौं सदैव जयकार अपार हर्ष ।
गोविन्द ईश्वर बनाउन खोज्छ स्वर्ग ।।६।।