कविता : सफा हातको भूगोशल

बोलन्या थली | २४ आश्विन २०७७, शनिबार
कविता : सफा हातको भूगोशल

धनगढी : चिकित्सा शिक्षा सुधारको सहित विभिन्न ६ बुँदे माग राख्दै २६ दिनदेखि अनसनमा बसेका डा. गोविन्द केसीको समर्थनमा कविता बाचन कार्यक्रम भएको छ । शनिबार बोलन्या थलीको आयोजनामा “डा. केसिका लागी कविताहरु” भन्ने दबाबमूलक कार्यक्रम बोलन्या थलीको सेटमा सर्जक जनक रसिकले बाचन गरेको कविता “सफा हातको भूगोशल”

मन सफा भएर मात्र नपुग्दो रहेछ
तन पनि सफा हुनैपर्ने रहेछ
पृय सोमनाथ !
साबुनपानीले धोइराख्नु वदन ।
जिउनु भनेको धेरै थोक गर्नु हो
खुट्टाहरु केवल सिधा बाटो हिड्न जान्दछन
हिड्नु बाहेक सबथोक जानेको हुन्छ हातले
तिनैको कब्जामा छ भूगोल ।
जीवनमा
सबैभन्दा बर्ता बहकिने पनि हातै हुन
बहकिएर हात कैलेकाहीं
चिप्लिन सक्छन् कानुनका हरफबाट
घस्रिन सक्छन् फोहोरको डंगुरमा
फस्न सक्छन् ठेकेदारको कमिसनमा
पौडिन सक्छन् सेवाग्राहीको आँशुमा
घुस्न सक्छन् बजेटको ढुकुटीमा
सल्बलाउन सक्छन् किशोरीका वदनमा
कुरुप बनाइदिन सक्छन् देशको माटो ।

सम्हाल्नु,
अपवित्र नबनुन हातहरु
धेरै पवित्र कर्म गर्नु बाँकी छ
त्यही हातले लेख्नुपर्ला पुर्खाको इतिहास
कोर्नुपर्ला सन्ततीको भविष्य
पठाउनुपर्ला पृयजनलाई सन्देश
छाम्नुपर्ला जीवनसाथीको वक्षस्थल
बढार्नुृपर्ला आँगन
सजाउनुपर्ला घर
सम्याउनुपर्ला बाटो
त्यही हातले लगाउनुपर्ला दशैंको टिका
आफ्नै हृदयको टुक्रा सन्तानलाई
हत्केला उठाएर बोल्नुपर्ला शुभाषिस
मंगलम् भगवान विष्णु ।।।
कुनै दिन इश्वरलाई सम्झेर
फूल चढाउनुपर्ला मन्दिरमा
इश्वर पवित्रताको प्रतिमूर्ति हो
अपवित्र हातले चढाएको फूल
पवित्र इश्वरले ग्रहण नगर्न सक्छ
तिम्रो आस्थाको स्वर्ग–द्वार
कहिल्यै नखोलिन सक्छ ।
जहाँजहाँ छोइन्छ अपवित्र हातले
त्यहाँ त्यहाँ सर्न सक्छन अपवित्र जीवाणु
फैलिन सक्छ भयानक महामरी
तनभरी अपवित्र जीवाणु सल्बलाइरहदा
जल्नेछैन तिम्रो लाशमाथि
पवित्र दियोको अनन्त ज्वाला
पृय सोमनाथ १
सधैं पवित्र राख्नु हात
प्वित्र बन्नेछ संसार ।

जनाअवजको टिप्पणीहरू