कविता : इन्धन बिनाको सवारी

बोलन्या थली | २४ आश्विन २०७७, शनिबार
कविता : इन्धन बिनाको सवारी

धनगढी : चिकित्सा शिक्षा सुधारको सहित विभिन्न ६ बुँदे माग राख्दै २६ दिनदेखि अनसनमा बसेका डा. गोविन्द केसीको समर्थनमा कविता बाचन कार्यक्रम भएको छ । शनिबार बोलन्या थलीको आयोजनामा “डा. केसिका लागी कविताहरु” भन्ने दबाबमूलक कार्यक्रम बोलन्या थलीको सेटमा सर्जक मदन भण्डारीले बाचन गरेको कविता “इन्धन बिनाको सवारी”

इन्धन बिनाको सवारी
इन्धन सकिनै लागेको
अन्तमा रिजव मागेको
सवारी देख्नुभएको छ र?
हुन त
तपाई जलश्रोतको धनी देशको मान्छे ।
इन्धन सकिए के भयो र?
पानीबाट जहाज चलाउन सक्ने मान्छे !
सवारी चलाउनु के ठुलो कुरा भयो र र?
खैर१
मेरो जस्तो तपाइको नसिब कहाँर ?
जो इन्धन बिनाको सवारी देख्नुपरोस ।
महासय,
मैले सवारी बक्दा
तपाइका नजर सिंहदरबार केन्द्रित भएहोलान ।
तर
रिसानी माफ होस ।
ति सवारी हरदम फुल ट्याङ्क भेटिन्छन् ।
जो सर्वहाराको खुन, पसिनाले भरिएका छन ।
सवारी पसिनाले लिप्त छन त सवार खुनले तृप्त छन ।
ति सवारीका अगाडि अदृश्य सुचना टाँसिएको छ
माफ गर्नुहोला । तपाईले रोक्न खोज्नुभएको सवारी तृप्त सवारहरुद्वारा रिजव गरिएको छ ।

पर्खनुहोस्
नआत्तिनु होस् ।
के तपाईले
इन्धन सकिनै लागेको
अन्तमा रिजव मागेको
औषधिको बिटो बोक्ने
टीबी लाग्याझैं मारी खोक्ने
सवारी देख्नुभएको छ रु
देख्नुभएको छैन भने त्यो मै हो ।
आउनुस मै माथि सवार गर्नुहोस् ।
तर होस गर्नुहोला ।
म इन्धन सकिनै लागेको सवारी हु ।
क्षमताले भ्याय गुड्छु
नभ्याय तपाई गुडाउनुहोला ।
तर तपाइको यात्रा स्वस्थ
बनाउन हर्दम तयार छु ।
किनकी
म वातावरण मैत्री छु, प्रदुषण गर्दिन
दिगो बिकाश मैत्री छु, भ्रष्टाचार गर्दिन ।
स्वास्थ्य मैत्री छु, ब्यापार गर्दिन
सुरक्षा मैत्री छु, चेलिको बलत्कार गर्दिन ।
सुशासन मैत्री छु, हड्ताल गर्दिन ।
म सर्वहाराको पसिनामा लिप्त छैन
म सर्वहाराको खुनमा तृप्त छैन ।
ब्राण्डेड इन्धन छाडेर
बस कहिले काही
इन्धनको रुपमा सलाइन चढाउछु ।
बिश्वास छ भने मैसाब
आउनुस इन्धन सकिनै लागेको मै माथी सवार हुनुस ।
कहिहेकाही
म भित्रको सवारी चालक
अलि अनियन्त्रित हुन्छ
ससंकित हुन्छ ।
देशको ब्यवस्था देखेर
स्वास्थको अवस्था देखेर
शिक्षामा ब्यापार देखेर
दिनदिनैको हडताल देखेर
म भित्रको सवारी चालक आफै बर्बराउछ ।

भनिरहेको हुन्छ
जनताले औधी मन पराएको सवारी, सरकरले रत्तिभर नपचाएको सवारी
बोलिरहेको हुन्छ
म त्यस्तै एक सवारीको कुसल चालक हु
बिद्वत्व प्राप्त गरेर पनी
म एक गवार, लफङ्गो, उत्ताउलो
धैट पागल ।
जरुर साथी म पागल ।
बिग्रियो सवारीको चाल, यस्तै छ मेरो हाल ।
एकदिन
एकजना सवारी सवारले मेरो सवारी चालकलाई प्रश्न गरेछन तिमिलाई पैसाको के जरुरत ?
टिलपिल गर्दै चालकले जवाफ फर्काएछन थोरै इन्धन, बाकी सवारीको उपचार

तिम्रो सवारीको इन्जिन पनी खराव छ। यस्को उपचार कहिले गर्दैनौ
हवारको यो सवालमा चालकले जवाफ फर्काउछ १९ पटक ग्यारेज धाइसके, अनसन बसी नारा समेत लाइसकेु
केही पार ला छैन
झन यैले त अनसने चालक भन्छन सबैले ।
इन्जिन झनझन खराब हुदै गाछ
रोगी हुदै गाछ
इन्धन रुच्दैन
खाना पच्दैन
औषधी लिन मान्दैन
पौष्टिक खान जान्दैन
कहि कतै मेरो सवारीको इन्जिन रोकियो भने
सबै सवार मिलेर मर्मत गर्ने कोसिस गर्नु
भएन भने सेलाइदिनु ।
मलाइ चिन्ता छ
मेरो चालकका मनगडन्ते कुराले भड्केर
सवारहरु मेरो इन्जिन बिरामी भएजस्तै बिरामी हुने त होइनन ?
खैर यस्ता कुरा त पछी गरौला
अहिले
आउनुस आउनुस
बर्षमा २ पटक मात्र
भब्य तिर्थको यात्रा
टन्न सिटामोल र जिवनजल सहितको पृथक पुष्पको बिटो लिएर
आशा, भरोषा, बिश्वास, प्रेम स्नेहको टन्न उर्जा लिएर
च्यातिएका, टुटेका,
भत्केका, फुटेका
अल्झिएका, बल्झिएका
घाउहरु खोज्दै
हुम्ला कर्णालीका
कटेरा र बस्तीहरुमा
मन्दिर खोज्न निस्कन्छौ
स्वाथ्यको सप्ताह लगाउन ।
चालक भन्दैछन !
यस्तरी नै तिर्थ जानुपर्छ साथी सालसाल
बिग्रियो सवारीको चाल, यस्तै छ मेरो हाल
जादैगर्दा
माइतिघर मण्डलामा
प्रदशनकारी उफ्री उफ्री प्रदशन गरिरहेका छन
लेखिएको छ

यहिबेला मेरो इन्धनबिनाको सवारी रोकियो
घ्याटघ्याट ठ्याकठ्याक गर्दै भित्तामा ठोकियो ।
यहिबेला प्रहरी मेरो साथी आएर लाठी हान्दै भन्छ ए पागल ! इन्धन बिनाको सवारी साइड लगा

जनाअवजको टिप्पणीहरू