सशस्त्र प्रहरीले १८३३ जवानमा भर्ना खोल्यो
बोलन्या थली |
२४ आश्विन २०७७, शनिबार
धनगढी : सशस्त्र प्रहरी बल नेपालले सशस्त्र प्रहरी जवानमा १८ सय ३३ जनाका लागि भर्ना खोलेको छ । शनिबार एक सुचना जारी गर्दै सशस्त्र प्रहरी जवानका लागि दर्खास्त आव्हान गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले जारी गरिएको सुचनामा भनिएको छ,- सशस्त्र प्रहरी बल नेपालमा साधारण समूह र उपसमुहतर्फ सशस्त्र प्रहरी जवानमा योग्यता पुगेका नेपाली नागरिकले पायक पर्ने कार्यालयमा आवेदन दिन अनुरोध गरिन्छ । उत्त पदका लागि १८ बर्ष पूरा भई २२ बर्ष नपुगेको नागरिकले सशस्त्र प्रहरी बलको वेबसाईट www.apf.gov.np बाट फर्म डाउनलोड गरि पायक पर्ने कार्यालयमा कार्तिक २३ गते सम्म आवेदन दरखास्त दिन अनुरोध गरेको छ ।