डा.केसीका प्रतिनिधि र सरकार पक्षबीच सहमति
बोलन्या थली |
२३ आश्विन २०७७, शुक्रबार
काठमाडौं, २३ असोज । विभिन्न माग राख्दै अनसनमा बसेका डा.गोविन्द केसी र सरकारबीच सहमति भएको छ । डा.केसी र सरकारपक्षबीच विश्वविद्यालय, आईओएम, काउन्सिल र प्रतिष्ठानमा पदाधिकारी नियुक्तिसम्बन्धी मापदण्ड ऐनमै राख्ने सहमति भएको बताइएको हो ।
त्यस्तै, ऐन संशोधन नहुँदासम्म वरिष्ठता र कार्यक्षमताका आधारमा नियुक्ति गर्ने सहमति भएको पनि बताइएको छ । डा.केसी र सरकार दुवै पक्षबीचको वार्ता टोलीले सहमतिलाई औपचारिकता दिएपछि आजै (शुक्रबार) नै अनसन तोड्ने तयारी भइरहेको पनि जानकारी गराइएको छ ।
त्यसोत, हिजो (विहीबार) नै डा.जीवन क्षेत्री र शिक्षा सचिव गोपी मैनाली नेतृत्वको वार्ता टोलीसहमति नजिक पुगिसकेका थिए । तर, शुक्रबार दुवै पक्षले थप छलफल तथा आन्तरिक परामर्शपछि सहमतिलाई अन्तिम रुप दिएका हुन् ।