छोराको जन्मदिनमा प्रदेश सांसद जोशीद्वारा सेभ हाउस र गौशालालाई आर्थिक सहयोग

बोलन्या थली | २३ आश्विन २०७७, शुक्रबार
छोराको जन्मदिनमा प्रदेश सांसद जोशीद्वारा सेभ हाउस र गौशालालाई आर्थिक सहयोग

धनगढी : सुदूरपश्चिम प्रदेशसभा सदस्य पुर्णा जोशीले छोराको जन्मदिनको अवसरमा कैलालीको गोदावरी नगरपालिका वडा नं २ अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउस र वार्ड नम्बर ३ मा रहेको राधा कृष्ण गौशालालाई आर्थिक सहयोग गरेकी छन् । अस्ट्रेलियामा रहेको छोरा भुपेश जोशी ३० औं बर्षमा पुगेको अवसरमा प्रदेशसभा सदस्य जोशीले महिला तथा बालबालिका सेभ हाउसलाई पाँच हजार र राधाकृष्ण गौशालालाई दस हजार आर्थिक सहयोग गरेकी हुन् ।

सधै कुनै न कुनै संस्थालाई अलिअलि प्रोत्साहन सहयोग गर्दै आएको र सरकारले गर्नुपर्ने काम ब्यक्तिले गरिरहनु भएको छ, असल कामलाई हौसला स्वरुप सानो सहयोगको सहयोग गरेको गएको प्रदेशसभा सदस्य पुर्णा जोशीले बताईन ।

महिला तथा बालबालिका सेफ हाउसले ४१ बालबालिकालाई पालन पोषण गरेकोमा र राधा कृष्ण गौशलाले ६ सय छाडा चौपायाको व्यवस्थापन गरेकोमा प्रदेश सभा सदस्य जोशीले धन्यबाद व्यक्त गरिन्।

जनाअवजको टिप्पणीहरू