नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो

बोलन्या थली | २३ आश्विन २०७७, शुक्रबार
नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो

काठमाडौँ । नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ ।  पछिल्लो २४ घण्टामा थप २ हजार ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भए सगै कुल संक्रमितको संख्या १ लाख ६७६पुगेको हो  ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

मन्त्रालयका अनुसार नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या २७ हजार ५३ रहेको छ ।यसअघि विहीबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ९८ हजार ६१७ थियो ।

पछिल्लो २४ घण्टामा थप १६८० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७३ हजार २३ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।यसअघि विहीबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६८ हजार ६६८ रहेको थियो ।

जनाअवजको टिप्पणीहरू