नेवि संघ क्षेत्र नम्बर ४ कैलालीद्वारा विपन्न परिवारका छोराछोरीलाई शैक्षिक सामाग्री सहयोग


धनगढी : नेपाली कांग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघ क्षेत्र नम्बर ४ कैलालीले विपन्न परिवारका छोराछोरीलाई शैक्षिक सामाग्री सहयोग गरेको छ । ‘म बन्छु जिम्मेवार, कर्तव्य संगै अधिकार’ अभियान अन्तर्गत कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ मा २० बिपन्न परिवारका छोराछोरीलाई सामाग्री वितरण गरेको हो ।

अभियान अन्तर्गत शुक्रबार गोदावरी नगरपालिकाका वडामा २० बिपन्न परिवारका छोराछोरीलाई पाठ्यसामग्री बितरण गरिएको यस अभियानका संयोजक पदम ओझाले बताए । उनले यो अभियान गोदावरी नगरपालिकाका वडाहरुमा वडा स्तरिय युवा वहस, भष्टाचार विरुद्ध सुचनाको हक कार्यक्रम, भर्चुअल बिधि मार्फत शारिरीक, मानसिक र स्वास्थ्य सम्बन्धि उत्पे्ररणात्मक कार्यक्रम सहित वडामा रहेका बिपन्न परिवारका छोराछोरीलाई पाठ्यक्रम सामाग्री सहयोग गर्ने अभियान रहेको यस अभियानका संयोजक ओझाले बताए ।

लोकतान्त्रीक सामाजबाद बिषयक युवा प्रशिक्षण, राष्ट्रिय नेतृत्व संगको भर्चुअल बैठक, राहत वितरण कार्यक्रम, स्मारिक प्रकाशन लगायतका कार्यक्रम गरिने नेपाल बिद्यार्थी संघ क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति गणेश शाहले बताए ।
सहयोग हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर २ का नेपाली काङ्ग्रेसका सभापति डबल साउद, कार्यक्रमको सभापति नेपाल विद्यार्थी संघ क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति गणेश शाहले गरेका थिए भने कार्यक्रममा नेपाल विद्यार्थी संघका कार्यकर्ता सहभागी रहेका थिए ।
बुधबार एक कार्यक्रममा बिच नेपाली कांग्रेस कैलालीका पार्टी सभापति नरनारायण शाह(मनु) ले सुभारम्भ गरेका थिए ।