सुदूरपश्चिम प्रदेशमा ६ हजार ७ सय बढी कोरोना मुक्त
बोलन्या थली |
२३ आश्विन २०७७, शुक्रबार
कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा ६ हजार ७ सय बढी कोरोना मुक्त भएका छन । प्रदेशका बिभिन्न जिल्लाबाट ६ हजार ७ सय २ जना संक्रमित निको भएका हुन । प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार बिहिबार कञ्चनपुरका १२ र बैतडीका २ गरी १४ जना कोरोना मुक्त भएका छन ।
सुदूरपश्चिम प्रदेशमा कोरोना भाईरसका संक्रिय संक्रमितको संख्या १ हजार ९९ रहेको छ । सुदूरपश्चिमको कैलाली जिल्लामा संक्रिय संक्रमितको संख्या ५ सय ८७, डोटीमा १ सय २९, बझाङमा १ सय ९, अछाममा ६२, बैतडी ३२, कञ्चनपुरमा ९२, दार्चुलामा ७३ र डडेल्धुरामा १३ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन भने बाजुरा जिल्लामा कोरोनाका संक्रिय संक्रमित शून्य रहेको छ । अहिले सम्म प्रदेशमा १८ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन ।