डा. गोविन्द केसीको समर्थनमा अत्तरियामा युवाहरुको प्रदर्शन

बोलन्या थली | २१ आश्विन २०७७, बुधबार
डा. गोविन्द केसीको समर्थनमा अत्तरियामा युवाहरुको प्रदर्शन

धनगढी : चिकित्सा शिक्षा सुधारको सहित विभिन्न ६ बुँदे माग राख्दै २४ दिनदेखि अनसनमा बसेका डा. गोविन्द केसीको समर्थनमा अत्तरियामा युवाहरुले प्रदर्शन गरेका छन । २४ दिन पुगिसक्दा पनि सरकारले कुनै चासो नदिएको भन्दै डा. केसीको जीवन रक्षाको माग गर्दै अत्तरियाका स्वतन्त्र युवाहरुले दबाव मुलक कार्यक्रम गरेका हुन ।

नेपाली जनताको स्वास्थ्यका लागि हाम्रो साथ डा. केसी भन्ने मुल नारा सहित बुधबार साझँ ५ बजे अत्तरिया चौराहामा दबाबमूलक कार्यक्रम गरिएको पदम राज ओझाले जानकारी दिए ।

डा. केसीले उठाएका मागहरु सही भएको र पुरा गराउन सरकारलाई दबाब आवश्यक भएको भन्दै दबाबमूलक कार्यक्रममा स्वतन्त्र युबाको बाक्लो सहभागी भएको थियो ।

२४ दिनदेखि अनसनरत् केसीको स्वास्थ्य अवस्था थप गम्भीर भएको छ ।

जनाअवजको टिप्पणीहरू