सेती अस्पतालको प्रयोगशालामा थप ६९ जनामा कोरोना संक्रमण


धनगढी– सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको कोरोना परिक्षणमा थप ६९ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा चार सय ९६ जनाको कोरोना परीक्षण भएकोमा ६९ जनामा संक्रमण पुष्टि भएको हो।
प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिकाका वडा नम्वर ३, ५ र ८ का तीन÷तीन जना, वडा नम्वर १ का दुई जना, वडा नम्वर २ र ४ का एक÷एक र वडा नखुलेका २८ जनामा संक्रमण पुष्टि भएको छ।
यस्तै टीकापुर नगरपालिकाका १० जना, गोदावरी नगरपालिका वडा नम्वर १ का दुई जना र भजनी नगरपालिका वडा नम्वर ६ का एक जना र कञ्चनपुरको पुनरवास नगरपालिकाका ८ जना, भीमदत्त नगरपालिकाका ६ जना, बेलौरी नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको छ।