चाडपर्वलाई लक्षित गरि कैलालीका ५ ठाउँमा सहायता कक्ष स्थापना
बोलन्या थली |
२१ आश्विन २०७७, बुधबार
धनगढी। दशै तिहार लगायतका चाडपर्वलाई लक्षित गरेर ट्राफिक प्रहरी कार्यालय कैलालीले यात्रुहरुको सहजताका लागि ५ ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरेको छ ।
धनगढीको त्रिनगर भन्सार र बस पार्क, टीकापुर, लम्की र अत्तरिया गरी पाँच वटा ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक बिरेन्द्र बहादुर बोहराले जानकारी दिए ।
उनले यात्रुहरुको चापलाई व्यवस्थित गर्न, सिमा नाकाहरुमा यात्रुहरु माथि हुने दुव्यर्वहार कम गर्न, भाडा अशुलीे र सार्वजनिक यातायातका सवारीहरुमा यात्रुहरुलाई हुन सक्ने हैरानी लगायतका समस्या समाधानका लागि सहायता कक्ष स्थापना गरिएको बताए ।
उनले कोरोना नियन्त्रण गर्न सचेतना फैलाउनका लागि झण्डै १० हजार भन्दा बढीका पर्चा पम्पलेटहरु वितरण गरिने र सार्वजनिक सवारी साधन धनीहरुलाई अनिवार्य रुपमा सुरक्षा मापदण्डका नियम पालना गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।
प्रहरी निरिक्षक बोहराले सवारी धनीहरुले स्वास्थ्य सुरक्षाका नियम पालना नगरेको पाईएमा कार्वाही गर्ने बताए ।


