‘युवराज खतिवडाको जस्तो अग्रगामी छलाङ्ग हैन् आलोपालो लाईनमा बसौ’

बोलन्या थली | २० आश्विन २०७७, मंगलवार
‘युवराज खतिवडाको जस्तो अग्रगामी छलाङ्ग हैन् आलोपालो लाईनमा बसौ’

कैलाली । जिल्ला मालपोत कार्यालय कैलालीको गेटमा बोलन्या थलीले एउटा ब्यानर झुन्डाएको छ ।

उक्त ब्यानरमा लेखीएको छ । ‘आदरणीय सेवाग्राहीहरु डा. युवराज खतिवडा जस्तो अग्रगामी छलाङ्ग नहानौ आफ्नो पालो पद्धती र नियमअनुसार सेवा लिन लाइनमा मिलेर बसौ’ उक्त ब्यानरले दुई कुरालाई इगीत गर्न खोजेको छ ।

एउटा सधै भिडभाड हुने मालपोत कार्यालयमा सेवा लिन सेवाग्राहीले लाईनमा बस्नुपर्ने र अर्को अवसरकोलागी मरिहत्य गर्ने राष्ट्रिय योजना आयोगका पूर्व अध्यक्ष, पूर्व गर्भनर, पूर्व राष्ट्रियसभा सदस्य, पूर्व अर्थमन्त्री एवं प्रधानमन्त्रीका पूर्व मुख्य आर्थिक सल्लाहाकार युवराज खतिवडा फेरी अमेरिकाका, पनामा, कोष्टारिका, मेक्सिको, आल्साबाडोर, होन्डुरस र ग्वान्टेमाल देशका लागि राजदूतमा नियुक्ति हुनुलाई ब्यंग्य प्रहार गरेको छ ।

जनाअवजको टिप्पणीहरू