कैलालीको हरैयामा बिशेष आर्थिक क्षेत्र स्थापना हुन्छ : उद्योग मन्त्री भट्ट

बोलन्या थली | २० आश्विन २०७७, मंगलवार
कैलालीको हरैयामा बिशेष आर्थिक क्षेत्र स्थापना हुन्छ : उद्योग मन्त्री भट्ट

धनगढी । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कैलालीको हरैयामा बिशेष आर्थिक क्षेत्र स्थापना गर्ने बताएका छन । प्रेस संगठन कैलाली शाखाले धनगढीमा मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दैं मन्त्री भट्टले हरैयामा बिशेष आर्थिक क्षेत्र स्थापना गर्ने बताएका हुन ।

उनले सुदूरपश्चिमका विभिन्न ठाउँमा औद्योगीक क्षेत्रहरु स्थापना गर्दै लैजाने जानकारी दिए । साथै उनले धनगढी अत्तरिया कोरीडोर स्थापना गर्ने समेत बताए । “बैतडीको दोगडाकेदारमा फस्फोराइड उत्खनन्का लागि ड्रिलिङ थालिएको छ,’उनले भने,‘मलखादमा प्रयोग हुने फस्फोराइडको परीक्षण सफल भए कैलालीमा पनि उद्योग स्थापना गरिने छ ।” यसैगरी मन्त्री भट्टले बजार अनुगमन तिब्र पारिएको जानकारी दिए ।

पछिल्लो समय कालोबजारी बढ्दै गएको बताउँदै कालोबजारी जरिवाना मात्रैले नियन्त्रण नभए कैद सजाय समेत गर्ने मन्त्री भट्टले बताएका छन । उपभोक्ताहरुलाई ठग्ने व्यापारीहरुलाई कार्वाहीको दायरामा ल्याउन सरकार प्रतिबद्ध रहेको उनले बताए । बजार अनुगमन दशैं तिहारमा मात्रै नभएर निरन्तर चलिरहने मन्त्री भट्टको भनाई छ । 

जनाअवजको टिप्पणीहरू