प्रदेशसभामा तोडफोड गर्ने तीन सांसदलाई कांग्रेसले कारवाही गर्ने

बोलन्या थली | २० आश्विन २०७७, मंगलवार
प्रदेशसभामा तोडफोड गर्ने तीन सांसदलाई कांग्रेसले कारवाही गर्ने

काठमाडौं । प्रदेश नम्बर ५ को प्रदेशसभामा सोमबार तोडफोडमा उत्रिएका तीनजना प्रदेशसभा सांसदलाई नेपाली कांग्रेसले अनुशासनको कारवाही गर्ने भएको छ ।

संसदमा तोडफोड गर्नु नेपाली कांग्रेसको सिद्धान्त र मान्यताविपरीत कार्य भएको भन्दै कांग्रेसको अनुशासन विभागले प्रदेशसभा सदस्य बसिरुद्दिन खाँ, अष्टभुजा पाठक र बैजनाथ कलवार कारवाही गर्ने भएको हो ।

कांग्रेस स्रोतका अनुसार सोमबार दिउँसो बुटवलमा कांग्रेस सांसदले प्रदेशसभाभित्र तोडफोड गरेको सुन्नासाथ काठमाडौंमा पार्टी सभापति शेरबहादुर देउवा आक्रोशित बनेका थिए ।

जनाअवजको टिप्पणीहरू