जोरायल बस दुर्घटनाको ६ बर्ष पुरा

बोलन्या थली | २० आश्विन २०७७, मंगलवार
जोरायल बस दुर्घटनाको ६ बर्ष पुरा

डोटी । डोटीको जोरायल गाउँपालिका वडा नम्वर २ कटपत्तेमा २९ जनाको ज्यान जाने गरि भएको बस दुर्घटनाको आज ६ बर्ष पुगेको छ। दशैँको टिका थापेर कर्मथलो फर्किर्दै गर्दा २०७१ साल असोज २० गते ना३ख ५७०७ नं. को सुदूरपश्चिम यातायातको बस जोरायलबाट धनगढी जाने क्रममा दुर्घटना भएको थियो। बस दुर्घटनामा २९ जनाले ज्यान गुमाएका थिए भने ६८ जना घाईते भएका थिए।

सोही दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा आज विभिन्न कार्यक्रमको आयोजना गरिएको छ। जोरायलमा बस दुर्घटना भएपछि सरकारले छानबिन समिति गठन गरेको थियो। समितिले तत्कालीन र दीर्घकालीन सुझावसहित बुझाएको प्रतिवेदन अझै कार्यान्वयन भएको छैन्। 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तत्कालीन सहसचिव रवीन्द्र श्रेष्ठको संयोजकत्वमा गठन गरेको समितिले बुझाएको प्रतिवेदनमा सवारी गुड्नुअघि पार्टपुर्जा, टायर ठीक भए/नभएको परीक्षण गर्नुपर्ने, सिट क्षमताभन्दा बढी यात्रु राख्न दिन नहुने पनि उल्लेख छ।

बसको क्षमताभन्दा बढी यात्रु भएर बसको पत्ता टुटेपछि दुर्घटना भएको थियो। बस चालक विष्णु साहु अहिले कारागारमा सँजाय भुक्तान गरिरहेका छन्।जिल्लामा वर्षेनी दशैं र तिहारको समयमा सवारी दुर्घटना हुने गरेका छन्। चाडबाडको समयमा बढी जसो दुर्घटना हुने भएकाले यहाँको प्रहरी प्रशासनले सवारी अनुगमनमा कडाइ गर्दै आएको छ।

जनाअवजको टिप्पणीहरू