दार्चुलामा घोरेटो बाटोको निर्माण कार्य सम्पन्न

बोलन्या थली | १९ आश्विन २०७७, सोमबार
दार्चुलामा घोरेटो बाटोको निर्माण कार्य सम्पन्न

दार्चुला । दार्चुलामा घोरेटो बाटोको निर्माण कार्य सम्पन्न भएको छ। व्यास गाउँपालिका –२ स्थित घाटीबगरहुँदै छाङरु र तिंकर गाउँ जोड्ने गोरेटो बाटोको निर्माण सम्पन्न भएको हो। नर्वनिर्मीत बाटोको सोमबार सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्धघाटन गरेको स्वकीय सचिव शिव सिंह ओलीले जानकारी दिए।

घाँटीबगर इलाकामा करिब दुई मिटर चौडाइको ४५० मिटर गोरेटो बाटो निर्माण सम्पन्न भएको हो। नेपाल सरकार मन्त्रिपरिषदको वैशाख १४ को निर्णयअनुसार महाकाली करिडोर (दार्चुला–तिंकर सड्क योजना) अन्तर्गत उत्तरतर्फ रहेको ८७ किलोमिटर सडकखण्ड नेपाली सेनामार्फत् निर्माण गराउने निर्णय गरेको थियो।

बाटो निर्माण भएसँगै चीन र भारतको सीमा नाकासमेत पर्ने दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर–१ मा पर्ने छाङरु र तिंकर गाउँका करिब एक हजार २ सय जना स्थानीयलाई सहजता हुने भएको छ।

जनाअवजको टिप्पणीहरू