जनताप्रति सरकार कुनै संवेदनशील छैन : युवा नेता नैनसिंह महर

बोलन्या थली | १९ आश्विन २०७७, सोमबार
जनताप्रति सरकार कुनै संवेदनशील छैन : युवा नेता नैनसिंह महर

धनगढी : नेपाली कांग्रेसका युवा नेता एवम् नेविसंघका पूर्व केन्द्रीय अध्यक्ष नैनसिंह महरले जनताका मागप्रति सरकार संवेदनशील नरहेको बताएका छन् । सोमबार नेपाल प्रेस युनियन कैलालीले गरेको पत्रकार सम्मेलनमा जनता माग भन्दापनि कसरी भ्रष्टाचार गर्न लागि परेको बताएका हुन् ।


युवा नेता महरले सरकार जनताको रोग र भोकबारे उदासिन रहेको र जसका कारण जनतामा ठूलो निराशा भएकोले बताए । कोरोना महामारी रोकथामका लागि  सरकारको आशमा रहुनु भ्रम भएको बताए । कोरोना महामारीमा पनि सरकार भ्रष्टाचारमा लिप्त छ, बालिका दिनप्रतिदिन बलात्कार, हत्याहिंसाका घटना र अनशनरह डाक्टर गोबिन्द केसीका मागप्रति कुनै चासो नरहेको आरोप लगाए । सुदूरपश्चिम प्रदेश सरकार पनि कोरोना महामारीमा नक्कली बिल, भरपाई बनाएर भ्रस्टाचार गरेको बताए । कांग्रेसका सबै तहका नेता कार्यकर्ताले जनताको साथ लिएर सरकारका जनविरोधी कामको बिरोध गर्न बताए ।


यस्तै पार्टीको महाधिवेशनमा सशक्त काँग्रेस निर्माण गर्न गुट र उपगुटहरु सधैका लागि अन्त्य गरिनुपर्ने बताएका छन् । स्थानिय तहका वडादेखि केन्द्र सम्मको निर्वाचनमा लिखित रुपमा समूह बनाएर चुनाव लडन नपाउने आचार संहिता निर्माण हुनुपर्ने नेता महरले जोड दिए।
पार्टीको वार्डदेखि केन्द्रसम्म सबै तहमा युवा नेतृत्व जबर्जस्त रुपमा स्थापित हुने बेला आएको बताएका छन् ।बलियो कांग्रेस र समृद्ध देश बनाउन युवाहरुले कुनै गुट उपगुटमा नलागेर नेतृत्व तहमा हस्तक्षेप गर्नुपर्ने बेला आएको बताए ।

जनाअवजको टिप्पणीहरू