सुदूरपश्चिममा कोरोनामुक्त हुनेको संख्या कति पुग्यो ?

बोलन्या थली | १९ आश्विन २०७७, सोमबार
सुदूरपश्चिममा कोरोनामुक्त हुनेको संख्या कति पुग्यो ?

सुदूरपश्चिममा आइतबार ६९ जना सङ्क्रमित कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । अछामका ४९, डोटीका १७, डडेल्धुराका एक र सेती प्रादेशिक अस्पतालबाट दुई जना गरी एकै दिन ६९ जना निको भएर डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

यो संगै प्रदेशभरि निको हुनेको संख्या ६ हजार ५७० पुगेको छ भने जम्मा संक्रमितको संख्या ७ हजार ६०४  रहेको छ । जस मध्ये सक्रिय सङ्क्रमितको संख्या एक हजार १६ रहेको छ । 

जनाअवजको टिप्पणीहरू