बलात्कारका घटनामा सरकारले प्रभाबकारी कदम नचालेको भन्दै प्रदेश सरकार र प्रशासनलाई ज्ञापनपत्र


धनगढी : धनगढीमा देशभर दिनप्रतिदिन बढ्दै गैइरहेका महिला र बालिकामाथी भएका बलात्कार र हत्याका घटना न्यूनीकरण गर्न सरकारले प्रभाबकारी कदम नचालेको भन्दै ज्ञापनपत्र बुझाएको छ । आइतबार नगरबाल संजालले सुदूरपश्चिम प्रदेशका आन्तरिक तथा कानुनमन्त्री प्रकाश शाह र जिल्ला प्रशासन कार्यालय कैलालीलाई ज्ञापनपत्र बुझाएको हो ।
नगरबाल संजालले निकालेको लेखिएकोछ,- बझाङमा असोज ७ गते भएको अमानवीय घटनाको ,गतबर्ष साउन ११ गते कञ्चनपुरमा निर्मला पन्त लगायत बालबालिका तथा महिलामा हुँदै आइरहेको घटनाले समाजमा त्रासको बातावरण भएकोे छ । यस्ता घटना न्युनिकरणका लागि कुनै ठोस कदम नउठाएको हुँदा यस्ता घटना न्यूनीकरणका लागि ठोस कदम उठाउन सम्बन्धित निकायलाई ध्यानाकर्षण गरिएको छ ।
यस्ता घटनामा सत्य तथ्य छानबिन ,दोषीलाई कडा भन्दा कडा सजायको माग तथा पीडितलाई न्यायको माग गरेका छ्न ।
अबका दिनमा यस्ता घटना न्यूनीकरण गर्न सरकारी तवरबाट प्रभावकारी बनाउन सरोकारवालालाई दबादका लागि धनगढीमा पाँच दिनसम्म बिरोध कार्यक्रम गरेको थियो ।