गोदावरी नगरपालिका १० र ११ जोडने चाक्लेखोला सडक पुलको शिलान्यास

बोलन्या थली | १८ आश्विन २०७७, आईतवार
गोदावरी नगरपालिका १० र ११ जोडने चाक्लेखोला सडक पुलको शिलान्यास

धनगढी : उधोग तथा आपूर्ती मन्त्री लेखराज भट्टले गोदावरी नगरपालिका १० र ११ को जोडने चाक्लेखोला सडक पुलको शिलान्यास गरिएको छ । आईतबार गोदावरी नगरपालिका १० र ११ को जोडने चाक्लेखोला सडक पुलको शिलान्यास गरिएको हो ।

२५ मिटर लम्बाई र ८ दशमलब ४ मिटर चौडाई रहेको उत्त पुलको पूर्बाधार कार्यालय कैलालीले बर्दियाको जय धनन्नजय रोहित जेबी लाई १८ महिनामा सक्ने गरी ठेक्का सम्झौता गरेको पूर्बाधार कार्यालय कैलाली प्रमुख श्याम खडकाले बताए । उनको अनुसार १ करोड ७२ लाखमा सो पुलको ठेक्का सम्झौता भएको छ ।

पुल निर्माण हुने भएपछि स्थानिय बासिन्दा खुशी भएका छन । पुल बनेपछि वडा नम्बर १० ,११ र १२ जोड्ने छ । त्यस्तै चौकीडाँडा(कोल्मुडा(फल्टुडे सडकलाई पनि पुलले सहज बनाउने छ । पुल नबन्दा बिगतमा बर्षाको समयमा स्थानियलाई बजार तिर आउतजाउतमा निकै समस्या हुने गरेको थियो ।

जनाअवजको टिप्पणीहरू