बलात्कारका दोषिलाई कडा कारबाही हुनु पर्छ : प्रदेश सांसद चुनकुमारी चौधरी
धनगढी १८ असोज,
सुदूरपश्चिम प्रदेश सांसद चुनकुमारी चौधरीले १२ वर्षीया सम्झना कामीलाई बलात्कारपछि हत्याका दोषिलाई कडा कारबाही हुनु पर्ने माग गरिन् । आईतबार बोलन्या थलीको सेटमा सम्झनाको सम्झनामा बिषयमा बोल्दै प्रदेश सांसद चुनकुमारी चौधरीले बलात्कारपछि हत्याका दोषिलाई कडा कारबाही हुनु पर्ने माग गरेकी हुन् ।
उनले महिलामाथि परिवारभित्र वा परिवारबाहिर हिंसाका घटना भईरहेको छ । यस्ता घटना न्युनिकरणका लागी आआफ्नो ठाउँबाट राजनितीकर्मी,युवा,अभियन्ता लाग्नु पर्ने र बलात्कारका दोषिले उन्मुक्ती पाउने नहुने जोड दिईन् ।
कार्यक्रममा सहभागीहरुले महिला र बालीकामाथी हुने बलात्कारका घटना न्युनिकरणका लागी जनप्रतिनिधीको भुमीका र अधिकारकर्मीको पहलका बारेमा जिज्ञासा राखेका थिए ।
बझाङको मष्टा गाउँपालिका वडा नं २ खिकलाकी १२ वर्षीया सम्झना कामीको असोज ७ गते बलात्कारपछि हत्या गरिएको थियो । बलात्कारपछि हत्या गर्ने बझाङ मष्टा गाउँपालिका २ का २० वर्षीय राजेन्द्र बोहोरा पक्राउ परि सकेका छन् ।