बलात्कारीलाई फासी दिनु पर्छ : प्रदेशसांसद शान्ती नेपाली
धनगढी १८ असोज,
सुदूरपश्चिम प्रदेश सांसद शान्ति नेपालीले बलात्कारीलाई फासी दिनु पर्ने माग गरेकी छन् । आईतबार बोलन्या थलीको सेटमा सम्झनाको सम्झनामा बिषयमा बोल्दै सांसद नेपालीले बलात्कारीलाई फासी दिनु पर्ने माग गरेकी हुन् ।
उनले समाजवाद,साम्यवादलाई अगाडी बढाइरहे पनि समाजमा महिला हिंसाका घटना दिनप्रति दिन बढ्दै गएको बताइन् । बझाङमा १२ बर्षिया सम्झना कामीमाथि भएको बलात्कारपछी हत्याका दोषिले उन्मुक्ती नपाउने जोड दिईन् । यस्ता घटनामा सरकार कडा रुपमा प्रस्तुत भई दोषिलाई कडा कारबाही हुनुपर्ने माग गरिन् ।
बलात्कारीलाई आजिवन कारागार र फासी दिनु पर्ने पनि माग गरिन् । बलात्कार, हत्याजस्ता गम्भीर अपराधका दोषीलाई ढाकछोप गर्न नहुने उनले बताईन् ।
कार्यक्रममा सहभागीहरुले महिला र बालीकामाथी हुने बलात्कारका घटना न्युनिकरणका लागी जनप्रतिनिधीको भुमीका र अधिकारकर्मीको पहलका बारेमा जिज्ञासा राखेका थिए ।
बझाङको मष्टा गाउँपालिका वडा नं २ खिकलाकी १२ वर्षीया सम्झना कामीको असोज ७ गते बलात्कारपछि हत्या गरिएको थियो । बलात्कारपछि हत्या गर्ने बझाङ मष्टा गाउँपालिका २ का २० वर्षीय राजेन्द्र बोहोरा पक्राउ परि सकेका छन् ।