कञ्चनपुरमा किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा ५५ वर्षीय पुरुष पक्राउ


कञ्चनपुर । कञ्चनपुरमा एक बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ५७ वर्षीय एक पुरुष पक्राउ परेका छन्। १५ बर्सिया बालिकालाई ललाइ फकाइ गरी यौन सम्पर्क गर्न खोजेको आरोपमा लालझाडी गाउँपालिका–२ का ५५ वर्षीय चन्द्रकान्त लुहार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले बताए ।
पिडितका आफन्तको उजुरीका आधारमा लुहारलाई शनिवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।