पार्टीमा वार्डदेखि केन्द्रमा युवा नेतृत्व आउनुपर्छ : युवा नेता महर

बोलन्या थली | १७ आश्विन २०७७, शनिबार
पार्टीमा वार्डदेखि केन्द्रमा युवा नेतृत्व आउनुपर्छ : युवा नेता महर

नेपाली कांग्रेसका युवा नेता एवम् नेविसंघका पूर्व केन्द्रीय अध्यक्ष नैनसिंह महरले पार्टीको वार्डदेखि केन्द्रसम्म सबै तहमा युवा नेतृत्व जबर्जस्त रुपमा स्थापित हुने बेला आएको बताएका छन् । आफ्नो गृहजिल्ला डडेल्धुराको सदरमुकाममा अमरगढी नगरपालिका ०५ को सदस्यता नविकरण अभियानको प्रमुख अतिथिको रुपमा बोल्दैँ नेता महरले देशभर १ करोड बढी युवाको संख्या रहेको तर संख्या अनुसार युवाले स्थान पाउने नसकेको बताएका हुन् ।


बलियो कांग्रेस र समृद्ध देश बनाउन युवाहरुले कुनै गुट उपगुटमा नलागेर नेतृत्व तहमा हस्तक्षेप गर्नुपर्ने बताए । अर्को प्रशंगमा बोल्दैँ नेता महरले केपी शर्मा ओली नेतृत्वको वर्तमान कम्युनिष्ट सरकार जनताको रोग र भोकबारे उदासिन रहेको जसका कारण जनतामा ठूलो निराशा छाएकाले कांग्रेसका सबै तहका नेता कार्यकर्ताले जनताको साथ लिएर सरकारका जनविरोधी कामको भण्डकार गर्नुपर्ने बताए ।

नेपाली कांग्रेस कोरोना अनुगमन समितिका केन्द्रीय सदस्य समेत रहेका नेता महरले कोरोना महामारी, भ्रष्टाचार, बलात्कार, हत्याहिंसाबाट नेपाली समाज आक्रान्त बनेबाट नै ओली सरकार चौतर्फी रुपमा असफल भएकाले नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षीका हैसियतले आन्दोलन गर्नुपर्ने बाध्यता आएको बताए ।

कार्यक्रमको सभापतित्व वार्ड सभापती भोजराज अवस्थीले गरेका थिए भने कार्यक्रममा अमरगढी नगरपालिकाका पूर्वप्रमुख मोहनराज पाठक, महाधिवेसन प्रतिनिधी तारक बुढाऐर, दलित संघका जिल्ला अध्यक्ष सन्तोष जैरु, तरुण दल जिल्ला अध्यक्ष शेरबहादुर साउद, नेविसंघ जिल्ला कार्य वाहक अध्यक्ष हरिश महरा, शिक्षक महासंघका जिल्ला अध्यक्ष महिला नेतृ पदमा गुरुङ, राधा पाण्डे, जिल्ला सदस्य टेक क्षेत्रीले सम्बोधन गरेका थिए ।

जनाअवजको टिप्पणीहरू