डा. खतिवडाको नियुक्तिमा डा. जोशी ” म चै कसलाई बधाई दिउँ ? “
सरकारले निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाको राजदूतमा सिफारिस गरेको छ । राजदूत नियुक्त गर्ने सरकारको निर्णयप्रति अहिले चौतर्फी आलोचना भईरहेको छ । यसै बिच खतिवडालाई अमेरिकी राजदुत बनाउने निर्णयको नेकपाका बौद्धिक नेता डा. तारा जोशीले मध्य राती फेसबुक स्ट्याटस लेख्दै घुमाउरो भाषामा गलत भनेका छन ।
उनले लेखेको छन ” अर्थमन्त्रीको रूपमा सपथ लिएपछि मन्त्री महोदयलाई बधाई दिदै गर्दा उनले भनेका थिए “राज्यले मलाई बल्ल चिन्यो” । विचारा हाम्रो राज्यसङ्ग यति प्रेम भाव रहेछ कि कसैलाई चिनिसके पछि उ त्यसपछि एक छिनकालागि पनि त्यसलाई बिर्सन मान्दोरहेन छ ।
हाम्रो “प्रेमी” राज्यको अर्को पाटो पनि छ – हामी र हाम्रा जस्ता राज्यका वित्त तथा ब्यापार मन्त्रीहरु , केन्द्रिय बैंकका गभर्नरहरु , योजना निकायका प्रमुखहरु र केही हदसम्म राजदुतहरुका नियुक्तिहरुमा बाह्य शक्तिको व्यक्त-अव्यक्त दबाब वा प्रभाव रहने गर्छ । अब महोदयले पाएको राज्यको यो पछिल्लो “प्रेमको प्रमाणपत्र ” का लागि म कसलाई बधाई दिउँ ? राज्यको पृय पात्रलाई रु वा चाहिएकै मान्छे पाइएकोमा राज्यलाई ? वा विश्व ब्यापार तथा अर्थ ब्यवस्थालाई आफ्नो पक्षमा रिसेटिङ गर्न चाहिरहेका शक्तिहरुलाई ? ” डा. जोशी समाजिक संजालको निकै थोरै प्रयोग गर्ने नेतामा पर्छन ।
जवाहरलाल नेहरु बिश्वबिद्धालयबाट अन्तर्राष्ट्रिय राजनीति सम्बन्धमा बिध्याबारिधी गरेका जोशी डडेलधुराबाट दुई चोटी आम निर्वाचनमा पराजित भएका हुन । उहाँ अहिले जनस्तरबाट कृषि उद्दोगको स्थापना गर्न सक्रिय छन ।