बर्तमान सरकारको चरम लापरवाहीका कारण सर्वसाधारणको अधिकार हनन् भयो : नेता महर

बोलन्या थली | १५ आश्विन २०७७, बिहीबार
बर्तमान सरकारको चरम लापरवाहीका कारण सर्वसाधारणको अधिकार हनन् भयो : नेता महर

डडेल्धुरा । नेपाली कांग्रेसका नेता नैनसिंह महरले सरकारका पछिल्ला जनविरोधी गतिविधीविरुद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । बिहीबार आफ्नो गृह जिल्ला डडेल्धुराको गन्यापधुरामा आयोजित नेपाली कांग्रेसको एक बिशेष कार्यक्रममा बोल्दै नेता महरले यस्तो चेतावनी दिएका हुन् ।

कोरोना भाइरसका कारण सिर्जित वर्तमान संकटमा पनि भ्रष्टाचारमा चुर्लुम्मै डुबेर सरकार मुखदर्शक बनेको भन्दै नेता महरले वर्तमान सरकारका कामहरुको भण्डाफोर गरेका हुन् । नेता महरले वर्तमान सरकारको चरम लापरवाहीका कारण सर्वसाधारणको अधिकारसमेत हनन् भएको आरोप लगाएका छन् ।

साथै नेता महरले सशक्त काँग्रेस निर्माणमा गुट र उप गुटहरुका कारण उल्झन आइरहेकाले कांग्रेसभित्र बनाइएका गुटहरु सधैका लागि अन्त्य गरिनुपर्ने बताएका छन् । कांग्रेसको आसन्न १४ औं महाधिवेशन अगाडी नै स्थानिय तहका वडादेखि केन्द्र सम्मको निर्वाचनमा लिखित रुपमा समूह बनाएर चुनाव लडन नपाउने आचार संहिता निर्माण हुनुपर्ने नेता महरको भनाई छ ।

जनाअवजको टिप्पणीहरू