भिमदत्त राजमार्गमा ठुलो दुर्घटनाबाट जोगियो बस
बोलन्या थली |
१५ आश्विन २०७७, बिहीबार
धनगढी । भिमदत्त राजमार्ग अन्तरगत गोगनपानीमा एक बस ठुलो दुर्घटनामा पर्नबाट जोगिएको छ। बझाङबाट काठमाडौंतर्फ गइरहेको ना६ख १७३३४ नम्बरको बस बिहिबार अपरान्ह सडकबाट भिरतर्फ लागेको थियो।
उक्त बसमा बसका कर्मचारीसहित २३ जना यात्रु सवार रहेको अस्थाइ ट्राफिक पोष्ट बुडरका प्रहरी सहायक निरीक्षक राजेन्द्रबहादुर विष्टले जानकारी दिए।




