कोरोनाबाट कैलालीमा थप एक जनाको मृत्यु

बोलन्या थली | १५ आश्विन २०७७, बिहीबार
कोरोनाबाट कैलालीमा थप एक जनाको मृत्यु

कैलाली । कैलालीमा एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका वडा नम्वर १२ की ३० बर्षीया महिलाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले बुधवार बिहान ११ बजे अस्पतालमा भर्ना भएकी ती महिलाको राती ८ बजे मृत्यु भएको बताए ।

उनमा कोरोना परिक्षण गर्दा आज रिपोर्ट पोजेटिभ आएको उनले बताए । श्रेष्ठका अनुसार ती महिला निमोनियाकी बिरामी रहेकी थिईन्।

जनाअवजको टिप्पणीहरू