बझाङकी सम्झना कामीका हत्या आरोपी सार्वजनिक

बोलन्या थली | १४ आश्विन २०७७, बुधबार
बझाङकी सम्झना कामीका हत्या आरोपी सार्वजनिक

बझाङ  । बझाङ प्रहरीले सम्झना कामीकाे हत्या आरोपीलाई सार्वजनिक गरेको छ। सम्झनाको हत्या आरोपमा पक्राउ परेका २० वर्षीय राजेन्द्र बोहरालाई प्रहरीले मंगलबार सार्वजनिक गरेको हो। 

असोज ८ गते जिल्लाको मष्टा गाउँपालिका– २ खिकालाकी १२ वर्षीया सम्झना कामीको हत्या भएको थियो। गोठमा गाइवस्तुलाई घाँस हाल्न हिँडेकी सम्झनाको शव स्थानीय शिव मन्दिरभित्र अर्धनग्न अवस्थामा फेला परेको थियो।

साथै राजेन्द्रविरुद्ध अर्की एक बालिकामाथि जबरजस्ती करणीको जाहेरी परेको  थियो। सोही ठाउँकी १३ वर्षीया बालिकालाई जबरजस्ती करणीको जाहेरी परेको जिल्ला प्रहरी कार्यालय बझाङले बताएको छ। यसैबिच सम्झना कामीको  शव आफन्तले बुझ्ने भएका छन् ।

मंगलबार  पीडित पक्ष र प्रशासनबीच क्षतिपूर्तिका लागि नेपाल सरकारसँग अनुरोध गर्ने र घटनाका बारेमा थप अनुसन्धान जारी राख्ने सहमति भएपछि परिवारले बुधबार शव बुझ्ने निर्णय गरेका जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए।सहमतिपछि पीडित पक्षले बालिकाको हत्या भएको एक हप्तापछि शव बुझ्न राजी भएका हुन् । 

जनाअवजको टिप्पणीहरू