धनगढीमा बाल सन्जालको प्रदर्शन : “हाम्रो साथी प्रहरी,न्यायमा नगर जुहारी”

बोलन्या थली | १३ आश्विन २०७७, मंगलवार
धनगढीमा बाल सन्जालको प्रदर्शन : “हाम्रो साथी प्रहरी,न्यायमा नगर जुहारी”

धनगढी : धनगढीमा देशभर दिनप्रतिदिन बढ्दै गैइरहेका महिला र बालिकामाथी भएका बलात्कार र हत्याका घटनाको सत्यतथ्य छानबिन, दोषीलाई कडा कारबाहीको माग गर्दै प्रदर्शन गरिएको छ । नगरबाल संजाल धनगढीको आयोजनामा सुदुरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडि शान्तिपूर्ण विरोध प्रदर्शन गरेको हो ।

हाम्रो साथी प्रहरी न्यायमा नगर जुहारी, बालबालिकाको पुकार न्याय दे ओली सरकार,प्रहरी साथी दबाबमा हस्तक्षेप नगर न्यायमा,न त सुरक्षा न त अधिकार बाल अधिकार पूरा गर,
नेपाल स्वतन्त्रताको खुल्ला आकाशमा न्याय कता छ सिंहदरबारको बाकसमा,हे सरकार कति सहनु तेरो अत्याचार अब त दे सम्झना र निर्मलालाई न्याय ज्योतिको पुकार लगायतका नारा लेखेका प्लेकार्ड बोकेर बिरोध गरेका थिए ।
बझाङमा असोज ७ गते सम्झना कामीको बलात्कारपछि हत्या भएको अमानवीय घटना, यस्तै कञ्चनपुरको निर्मला पन्त लगायत बालबालिका तथा महिलामा हुँदै आइरहेको घटनाको सत्य तथ्य छानबिन ,दोषीलाई कडा भन्दा कडा सजायको माग तथा पीडितलाई न्यायको माग गर्दै पहिलो दिन शान्तिपुर्ण बिरोध प्रदर्शन गरिएको नगरबाल संजाल धनगढीका संयोजक बिजयराज जोशीले जानकारी दिए ।


अबका दिनमा यस्ता घटना न्यूनीकरण गर्न सरकारी तवरबाट प्रभावकारी बनाउन सरोकारवालालाई दबाद जरुरी रहेको बताए। बुधबार पनि धनगढीको चौराहामा विरोध कार्यक्रम रहेको उनले बताए ।

जनाअवजको टिप्पणीहरू