बिद्यार्थीलाई कोरोना संक्रमणबाट बच्न बिद्यालयलाई स्वास्थ्य सुरक्षा सामाग्री सहयोग
मोरङ : मोरङमा काङ्ग्रेस भातृ संगठन केराबारीले बिद्यार्थीलाई कोरोना संक्रमणबाट सुरक्षित राख्न बिद्यालयलाई स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरेको छ । केरावारि गाउपालिका वडा नम्बर ९ मा रहेका सामुदायिक विध्यालयहरुलाई उच्च स्वास्थ्य सतर्कता साथ सिकाई कृयाकलाप सन्चालनमा सहज गर्न स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरेको हो ।
नेपाल तरुणदल र नेवि संघ केरावारि ९ ले संयुक्त रुपमा वडाभरी रहेका सम्पुर्ण सामुदायिक विघ्यालयलाई पढाई संचालनमा सहज राख्न स्वास्थ सामागी वितरण कार्यक्रम सुरु गरेको तरुण दल केराबारीका अध्यक्ष पप्पु साहले जानकारी दिए ।
केराबारीमा रहेको लक्ष्मी मावि भलुवालाई २ सय थान मास्क र फेसहिल्ड २ सय थान, रामविर स्कुल घंगरूलाई ५० थान मास्क र फेसहेल्ड ५० थान र विराजे स्कुललाई ४० थान मास्क र फेसहेल्ड ४० थान वितरण गरिएको अध्यक्ष साहले जानकारी दिए ।
अन्य सामुदायिक विध्यालयलाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरिने अभियान मंगलबार पनि निरन्तर रहने केराबारी ९ का वडा सभापति चन्द्र केसी जानकारी दिए ।