मालपोत कार्यालय धनगढीमा कार्यरत थप तीन जना कर्मचारीमा कोरोना पुष्टि


धनगढी । मालपोत कार्यालय धनगढीमा कार्यरत थप तीन जना कर्मचारीमा कोरोना पुष्टि भएको छ । यस अघि भूमीसुधार तथा मालपोत कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अरुको परीक्षण गर्दा थप तीन जना लेखापढी गर्ने व्यक्तिलाई पनि कोरोना पुष्टि भएको धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले जानकारी दिए ।