”डा. केसिको अनशन, माफियालाई टेन्सन”

बोलन्या थली | १० आश्विन २०७७, शनिबार
”डा. केसिको अनशन, माफियालाई टेन्सन”

काठमाडौं, ९ असोज । सोलिडारिटी फर डाक्टर केसी र विवेकशील पार्टीले डा. गोविन्द केसीको समर्थनमा माईतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । शनिबार बिहान माईतीघर मण्डलामा डा. केसिका समर्थकले विरोध प्रदर्शन गरेका हुन।

माईतीघर मण्डलामा प्रदर्शन गर्नका लागि गएका समर्थकले हातमा पप्लेकार्ड बोकेर डा. गोबिन्द केसिको अनशन, फाफियालाई टेन्सन लगायतका नारा लगाएका थिए । माईतिघर मण्डलामा प्रदर्शनकारीहरुलाई सुरक्षाकर्मीहरुले रोक्दा प्रदर्शनकारी र प्रहरी बिच तनाब स्थिति सिर्जना भएको थियो ।

सरकारसँग विगतमा भएका सम्झौताहरुको कार्यान्वयनको माग राखी जुम्लाको चन्दननाथ नगरपालिका–६ स्थित बाबिरामष्ट मन्दिरवाट डा. केसीले भदौ २९ गतेदेखि आमरण अनसन सुरु गरेका थिए । उनको स्वास्थ्य अवस्था कमजोर भएपछि हाल शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भैरहेको छ ।

जनाअवजको टिप्पणीहरू