चर्चित गायिका एलिना चौहानको नयाँ गीत ‘जुनेली रातमा’ सार्वजनिक (भिडियोसहित)

बोलन्या थली | १० आश्विन २०७७, शनिबार
चर्चित गायिका एलिना चौहानको नयाँ गीत ‘जुनेली रातमा’ सार्वजनिक (भिडियोसहित)

धनगढी : चर्चित तथा समधुर गायिका एलिना चौहानको नयाँ गीत ‘जुनेली रातमा’ सार्वजनिक भएको छ। गीतमा गायिका एलिना चौहान र बिक्रम क्षेत्रीको सुमधुर आवाज रहेको छ। गीतमा शब्द र निर्देशन बिक्रम क्षेत्रीकै रहेको छ।

गीतको भिडियोमा प्रेम प्रकाश क्षेत्री,पुजा क्षेत्री र सुस्मिता खडका  फिचर्ड रहेका छन् । भिडियोलाई देवजंग थापाले खिचेका छन् ।भने, एरेन्ज नरेन्द्र बियोगी र भिडियो मिक्स किशोर थापाले गरेका छन् ।

म्युजिक भिडियो सम्पादन  प्रदिप बस्नेतले गरेका हुन् । भिडियो एलिना चौहानको अफिसियल युटुब च्यानलबाट रिलिज गरिएको हो। पछिल्लो समय गायिका एलिना चौहानका गितलाई श्रोता, दर्शकले अत्यधिक मन पराएका छन् । उनका अत्यधिक गित ट्रेन्डिङ्गमा पर्न सफल भएका छन् ।

जनाअवजको टिप्पणीहरू