दिनेश एफएममा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि

बोलन्या थली | ८ आश्विन २०७७, बिहीबार
दिनेश एफएममा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि

धनगढी । धनगढीमा रहेको दिनेश एफएममा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि  भएको छ। एफएम व्यवस्थापनले दिएको जानकारी अनुसार ३७ बर्षीय पुरुष कर्मचारीमा संक्रमण पुष्टि भएको हो। 

५ दिन अगाडि रिटेलिङ गर्दै आएका उनका भतिजामा कोरोना संक्रमण पुष्टि भएपछि उनले पनि कोरोना परीक्षण गरेका थिए। आज सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा संक्रमण पुष्टि भएको हो।

केही दिनदेखि होम क्वारेन्टिनमा रहेका उनलाई संक्रमण पुष्टि भएपछि आइसोलेसनमा राख्ने तयारी भएको छ। 

जनाअवजको टिप्पणीहरू